Section 7F
सरलीकृत ग्राहक पहिचान सम्बन्धी व्यवस्था
(१) सूचक संस्थाले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानी सम्बन्धी जोखिम कम देखिएको ग्राहक वा कारोबारका सम्बन्धमा सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन सक्नेछ । (२) उच्च जोखिमयुक्त ग्राहक, कारोबार वा सम्पत्ति शुद्धीकरण तथा आतंकवादी कृयाकलापमा वित्तीय लगानीको आंशका देखिएको कारोबारको हकमा उपदफा (१) बमोजिमको सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी व्यवस्था अपनाउन पाइने  छैन । (३) सरलीकृत ग्राहक पहिचान तथा सम्पुष्टि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।